coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुई जना संक्रमितको विराटनगरमा मृत्यु

झापा र मोरङ घर भएका दुई जना कोरोना भाइरस संक्रमितको विराटनगरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ।

मोरङको कटहरी गाउँपालिका र झापाको झापा गाउँपालिकाका कोरोना भाइरस संक्रमितको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ।

कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ३ बजेर ४५ मिनेट जादाँ मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो। मृतक पुरुषमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।  

त्यस्तै झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएपछि वैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएको थियो। मृतक मधुमेहको पुरानै समस्या रहेको प्रबन्धक दाहालले बताए। 

प्रकाशित: १५ वैशाख २०७८ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App