१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट बाँकेमा थप एक जना महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा शुक्रबार राति जोशिपुर गाउँपालिका–७, कैलालीकी ४९ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

भेरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

जुम्लामा कोरोना संक्रमितको मृत्यु

असार ३ गते अस्पताल भर्ना भएका उनको पहिलो दिन आइसोलेसन र दोस्रो दिन भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

भेरी अस्पताल र मेडिकल कलेजमा थप १० जनाको मृत्यु

बाँकेमा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ८, बर्दिया र कैलालीका एक/एक जना रहेका छन् । नेपालगन्ज–१० बाँकेकी ५४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

मोरङमा ६ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना भाइरसको संक्रमणबाट छ जनाको मृत्यु भएको छ। मोरङको बेलबारीमा होम आइसोलेसनका १ जना, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४ जना र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जना गरि छ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

बाँकेमा २४ घण्टाभित्र ११ संक्रमितको मृत्यु

बाँकेमा बितेको २४ घण्टाभित्र ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ४४ वर्षीया महिलाको मृत्यु भएको छ।

चिकित्सक भन्छन्ः बिरामी बेलैमा आए भुइँमा राखेर भएपनि उपचार गर्छाै

शारिरिक अवस्था कमजोर भएर अस्पताल पुगेका कतिपय व्यक्तिमा त कोरोना नै पुष्टि भएको हुँदैन, तर, अवस्था भने नाजुक भईसकेको हुन्छ । कठिन अवस्थामा अस्पताल पुगेका बिरामीलाई बचाउन धौधौ हुने गरेको चिकित्सक बताउँछन ।

कर्णाली कोभिड अस्पताल: २४ घण्टामा छ जना संक्रमितको मृत्यु

‘पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा उपचार भइरहेका र आएका छ जनाको मृत्यु भएको छ,’ कोरोना फोकलपर्सन डा. पौडेलले भने, ‘अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा उपचारका लागि समस्या भइरहेको छ।’

झापा र इटहरीका संक्रमितको विराटनगरमा मृत्यु

उपचारका क्रममा झापा र इटहरीका दुई जना कोरोना भाइरस संक्रमितको विराटनगर र बुढीगंगाका छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको छ।

सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणका कारण सुर्खेतमा दुईजनाको मृत्यु भएको छ । बुधबार बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

दुई जना संक्रमितको विराटनगरमा मृत्यु

मोरङको कटहरी गाउँपालिका र झापाको झापा गाउँपालिकाका कोरोना भाइरस संक्रमितको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ।

वीपी प्रतिष्ठानमा विराटनगरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा गए राती एक जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको राती साढे ९ बजे निधन भएको हो।

अस्पताल धाउँदाधाउँदै कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा एक जना कोरोना पोजेटिभ भएकी महिलाको सोमबार मृत्यु भएको छ।

विराटनगरमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये विराटनगरको विभिन्न अस्पतालमा उपचारका क्रममा ९ र २ जनाको घरमै मृत्यु भएको हो। यो सँगै प्रदेश १ मा एकै दिन मृत्यु हुने अहिलेसम्मकै उच्च संख्या हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्