१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दाङमा १७ गतेदेखि लकडाउन

दाङमा आगामी १७ गतेदेखि लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले आगामी १७ देखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएपछि लकडाउन गर्ने निर्णय गरिएको हो । 

१७ गते बिहान ६ बजेदेखि सुरु हुने जिल्ला ब्यापी लकडाउन २५ गते बेलुका ६ बजेसम्म कायम रहने जिल्ला प्रशाासन कार्यालयले जनाएको छ । तर प्रत्यक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसलहरु भने खुल्ने छन् । लकडाउन अवधिभर अत्यावश्यक सवारी साधन बाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाईने जनाईएको छ ।

प्रकाशित: १४ वैशाख २०७८ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App