दुबईको प्रतिष्ठित लक्जरी परफ्युम कम्पनी विनी इन्टरनेशनलले काठमाडौंमा आफ्नो प्रिमियम एक्सपेरियन्स जोन ‘फर यू’ सञ्चालनमा ल्याएको छ।
ललितपुरको पुल्चोकस्थित लाबिम मलमा आइतबार एक विशेष समारोहका बीच यसको भव्य उद्घाटन गरिएको हो।
नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने लक्ष्यका साथ कम्पनीले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।
सर्च सोलुसन्स प्राइभेट लिमिटेडले आयोजना गरेको उक्त उद्घाटन कार्यक्रममा विनी इन्टरनेशनलका सेल्स डाइरेक्टर अहसान खुन्दकर, कन्ट्री म्यानेजर रणधीर सिंह, तथा नेशनल सेल्स म्यानेजरहरू शोभा लामा र विनय कुमार झाको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालका लागि आधिकारिक आयातकर्ताहरू एक्सेस नेपाल ट्रेड लिंकका अनुप अग्रवाल, दयाल ट्रेडिङ प्राइभेट लिमिटेडका राजीव शाह र सर्च सोलुसन्सका सीईओ मिहिर चौधरीको समेत सहभागिता थियो।
उद्घाटनका क्रममा कन्ट्री म्यानेजर रणधीर सिंहले ‘फर यू’ केवल एउटा साधारण बिक्री केन्द्र मात्र नभएर ग्राहकका लागि एक परिष्कृत अनुभव केन्द्र भएको बताए।
‘यहाँ आगन्तुकहरूले विनी इन्टरनेशनलका उत्कृष्ट सुगन्धहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन्। हामीले दुबईको प्रसिद्ध परफ्युम कलालाई नेपाली ग्राहकहरूको व्यक्तित्वसँग मेल खाने गरी यहाँ उपलब्ध गराएका छौं।’ उनले भने।
त्यस्तै, सेल्स डाइरेक्टर अहसान खुन्दकरले सुगन्ध प्रेमीहरूका लागि आफ्नो व्यक्तिगत पहिचान झल्काउने प्रिमियम उत्पादनहरू प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको उल्लेख गरे।
नेपालमा बढ्दो लक्जरी उत्पादनको मागलाई सम्बोधन गर्न यो अनुभव केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ।
प्रकाशित: ४ फाल्गुन २०८२ २३:११ सोमबार





