नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यतालिका रहेको छ।
भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किने छन्।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमण आएका उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीको सिलसिलामा मिस्री नेपाल आएका हुन्। शाहको भ्रमणको मिति भने सार्वजनिक भएको छैन।
प्रकाशित: १९ कार्तिक २०८३ ०८:१२ बिहीबार





