नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (बिहीबार) दुई वटा खेलहरू हुँदै छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दुई खेलहरू हुन लागेका हुन्। आज मध्यान्ह साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्दै छन्।
यस्तै, अपरान्ह साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाजले खेल्ने छन्।
प्रकाशित: १९ कार्तिक २०८३ ०८:२० बिहीबार





