१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

केपी ओली सत्तामा हुँदा कसैको सुन्दैनथे, बालेन पनि कसैलाई सुन्दैनन् : बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको कायशैलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गरेका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापालाई सरकारले पक्राउ गर्ने चर्चाका बिच बस्नेतले विरोधीलाई ठीक पार्ने तौरतरिका, रबैया र कार्यशैली समान रहेको भन्दै उक्त टिप्पणी गरेका हुन्। 

बस्नेतले भने, ‘केपी शर्मा ओली सत्तामा हुँदा कसैको सुन्दैनथे। बालेन पनि कसैलाई सुन्दैनन्। यी दुवै बदलाको भावबाट प्रेरित छन्। प्रतिशोधपूर्ण शासनलाई नै यिनीहरू शासन र सुशासन ठान्दछन्।’

केपी शर्मा ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको स्मरण गराउँदै बस्नेतले जसरी तत्कालीन अवस्थामा कुलमान हटाइएका थिए त्यसरी नै बालेनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएको दाबी गरेका छन्। सत्ता भनेको मुख्यतः विरोधीलाई ठीक पार्न हो भन्ने सोचले काम गरेको उनको भनाइ छ। 

केपी ओलीका उत्तराधिकारीले केपी ओलीबाट गतिलो पाठ सिक्नुपर्नेे उनको टिप्पणी छ।

प्रकाशित: १९ कार्तिक २०८३ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App