५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन तीन लाख २३ हजार भन्दा बढीमा कोरोना पुष्टि

भारतमा गत २४ घण्टामा तीन लाख २३ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ। कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ।  

यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ७७१ जनाको ज्यान गएको छ। त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९७ हजार ८ सय ९४ व्यक्तिको निधन भइसकेको छ। यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७६ लाख ३६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित हुनपुगेका बताइएको छ।    

भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजार भन्दा बढी कोरोना मुक्त भएका छन्। भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५० लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन्।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ। भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन्।

भारतमा  सोमबार मात्रै १६ लाख ५८ हजार ७ सय  जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कूल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ। यहाँ सोमबार एकैदिनमा २० हजार २ सय १ जना थप व्यक्ति कोरोना भाइरस सङ्क्रमण देखिएको र ३ सय ८० जनाको मृत्यु भएको छ।  दिल्लीमा कोरोना सुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण १४ हजार ६ सय २८ व्यक्तिको मृत्यु भएको छ। 

प्रकाशित: १४ वैशाख २०७८ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App