नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईसहितको टोली कम्बोडिया प्रस्थान गरेको छ। एमालेले भोलि काठमाडौंमा गर्ने भनिएको जनसभाका संयोजक समेत रहेका भट्टराई कार्यक्रमको अघिल्लो दिन नै कम्बोडिया पुगेका हुन्।
कम्बोडियामा आजदेखि तीनदिनसम्म चल्ल्ने एसियन पोलिटकल पार्टी (ICAPP)को १२ औं सम्मेलन आइक्यापमा भाग लिन एमालेसहितका पाँच दलका नेताहरु कम्बोडिया पुगेको भट्टराईले जनाएका छन्।
सम्मेलनमा कांग्रेस नेतृ सुजता कोइरालासहितका नेताहरु सहभागी छन्। सोही कार्यक्रमका लागि सभामुख देवराज घिमिरे पनि भोलि जाने कार्यक्रम तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। सम्मेलनमा विभिन्न मुलुकका संस्कृति, शान्ति छलफ र सामाजिक संजालको उपयोग लगायतमाल हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको कम्पनीमा अरबौं रुपैयाँ लगानी गरेको भन्ने हल्ला चलिरहदा एमाले नेता भट्टराईको कम्बोडिया भ्रमणलाई लिएर विरोधीहरुले भने प्रश्न उठाएका छन्।
प्रश्नको जवाफ दिदै नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस्, नेपालका ५ भन्दा बढी दलका १३ नेता सम्मेलनमा जान लागेका छौ थप केही भन्नु पर्छ?’ उनले अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनुपर्ने भएकोले त्यसतर्फ गएको प्रष्टिकरण दिएका छन्।
उनका अनुसार मंसिर ७ गते हुने जनसभा कार्यक्रमको जिम्मेवारी नेता कैलाश ढुङ्गेलले छन्।एमालेले मंसिर ७ गते भोलि राजधानीको दरबारमार्गमा एक लाख कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।
प्रकाशित: ६ मंसिर २०८१ ०८:५५ बिहीबार