२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

विश्वकै सबैभन्दा बढी कोरोनाविरुद्धको खोप उत्पादन हुने छिमेकी राष्ट्र भारतमा कोरोनाको कारण बुधबारसम्म मृत्यु हुनेको सङख्या २ लाख नाघेको छ। कोरोनाले तनाबग्रस्त भारतमा  बुधबार मध्यान्ह यो रिपोर्ट बनाउँदासम्म सङक्रमितको सङख्या १ करोड ७९ लाख ९७ हजार २ सय ६७ रहेको छ।  

डब्लुएचओका प्रमुख ट्ड्रोसले रियूटरसलाई दिएको एक अन्तर्वार्तामा भारतको अहिलेको अवस्था हृदयविदारक रहेको बताएका छन्। विश्वमा कतिपय देशहरुमा कोरोना सङक्रमितको सङख्या घटेको छ। तर भारत लागयतका केही देशहरुमा कोरोना भाईरसको दास्रो लहर अत्यन्त भयावह अवस्थामा छ। १ सय ३० करोडको जनसंख्या रहेको भारतमा २ करोडको हाराहारीमा यो भाईरस भेटिसकेको छ। ट्ड्रोसले भारतका निम्ति अतिरिक्त कर्मचारी पठाएका छन्। यस संस्थाका २ हजार ६ सय विज्ञहरुलाई भारतीय स्वास्थ्य अधिकारीहरुसंग मिलेर कोभिड १९ संक्रमित विरामीलाई हेरचाह तथा सहयोग गर्न उनले पठाएका छन्। ति विज्ञहरु विभिन्न कार्यक्रममा जस्तै पोलियो, क्षयरोगलगाएतमा संंलग्न रहेका छन्।  

भारत अहिले संसारकै पछिल्लो कोरोनाको हटस्पट बनेको छ। यस्तै स्थिति रहने हो भने साह्रै गाह्रो अवस्थाको सिर्जना हुन सक्ने चिन्ता रहेको छ। यहाँको अस्पतालहरुमा ठाउँ छैन। स्वास्थ्य उपकरणहरुको अभाव हुन थालेको छ। यो स्थितिले विनाश निम्त्याउन सक्ने विज्ञहरुको चिन्ता छ।  

कोरोना लहरको पहिलो चरणपछि केही समयपछि साधारण जीवनशैलीमा सबै फर्किने क्रममा रहेका थिए। सो समयपछि मानिसले कोरोनालाई बिर्सिदै मास्क नलगाई विभिन्न भोज, भतेर, विवाह, र्‍याली आदिमा सहभागिता जनाए। यहाँसम्मकी प्रधानमन्त्री मोदी स्वयंले राजनीति सभााहरु गरेर भिडभाड गराएका थिए।  

हिन्दु धर्मालम्बिहरुको अप्रिल महिनामै गंगा नदीमा कुम्भ मेला समेत लागेको थियो। जहाँ ३५ लाख बढी तिर्थयात्रीहरु सहभागी भएका थिए। त्यहाँ पुगेका थुप्रो तिर्थयात्रीहरुमा पनि कोरोना भाईरस रहेको खबर आएको थियो।  

भारतले गरेको कोरोना खोपको उत्पादन विश्वमै उत्पादन भएको मध्ये ६० प्रतिशत रहेतापनि यहाँको संक्रमित दरले उक्त देशमै तनाव सिर्जना गरेको छ। भारतमा दैनिकी २० लाख खोपको उत्पादन भईरहेको छ तर यहाँको जनतालाई दैनिकी ६० देखि ७० लाखको बीचमा खोपको आवश्यकता रहेको स्मामिनाथनले जानकारी दिएका छन्।

प्रधानमन्त्री मोदीले मे १ देखि १८ वर्षदेखिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने बताउँदै आएका छन्। स्कुल अफ पब्लिक हेल्थ एट ब्राउन यूनिभरसिटिका डिन डाक्टर आशिष झाले यो स्थिति अत्यन्तै नराम्रो हुने बताएका छन्।  

कडा नियम कायम रहेतापनि यस किसिमको नाजुक स्थितिले देशमै मार्मिक तुल्याएको छ नियन्त्रणभन्दा बाहिरिएको यो अवस्थालाई कसरी नियन्त्रण गर्ने विषयमा यहाँको स्वास्थ्य अधिकारीहरु चिन्तित रहेका छन्। लाखौ मानिसहरु विरामी परेका छन् भने स्वास्थ्य उपकरणहरुको माग सरकारले पूरा गर्न सकेको छैन।  

यहीं एप्रिल २२ देखि भारतमा दैनिक ३ लाख १४ हजार नयाँ केस आईरहेको छ। यो संख्या गत जनवरीमा अमेरिकामा भएको संंख्याभन्दा बढी हो। अहिले भारत विश्वकै सबैभन्दा बढी दैनिक रुपमा सङक्रमित हुने देशमा पर्न पुगेको छ। विश्वभर अहिले ३० लाख बढीको मृत्यु भईसकेको छ।  

एजेन्सीको सहयोगमा

प्रकाशित: १५ वैशाख २०७८ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App