८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा कोरोना संक्रमित बढ्दै

भारतबाट फर्केका बैतडी कान्द नगरपालिका–९ का ३५ वर्षीय एक पुरुषको डडेल्धुरा अस्पतालमा मृत्यु भयो। कोरोना संक्रमित उनको जिल्ला अस्पताल बैतडीमा उपचार सम्भव नभएपछि रेफर गरिएको थियो। आइतबार श्वास फेर्ने गाह्रो भएको भन्दै जिल्ला अस्पताल भर्ना भएका उनलाई रेफर गरिएको थियो। अक्सिजनको मात्रा अत्यधिक कम भएकै कारण मृतक संक्रमितलाई डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.बसन्तराज जोशीले बताए।

बैतडीमा कोरोना संक्रमितो संख्या बढ्न थालेको छ। कोरोना संक्रमितको संख्या १ सय २१ जना पुगेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शैक्षिक संस्था धमाधम बन्द हुन थालेका छन्। भने तोकिएका परीक्षसमेत स्थगित गरिएका छन्। आवश्यक जनशक्ति नहुँदा जिल्ला अस्पतालमा भएको भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन। जसले गर्दा जटिल अवस्थाका बिरामीको उपचार हुन सकेको छैन। आइसीयु सेवा सञ्चालन नहुँदा गम्भिर प्रकृतिका बिरामी अन्यत्र रेफर गर्नु परेको जिल्ला अस्पताल प्रमुख डा. जोशीले बताए। 

जनशक्ति अभावमा पाँच महिनादेखि भेन्टिलेटर अस्पतालमै थन्किएको छ। लक्षणसहितका संक्रमित बढ्न थालेपछि समस्या हुन थालेको छ। पछिल्लो समय बैतडीमा कडा खालको लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमितको संख्या बढेको भए पनि न्यून संख्यामा मात्रै परीक्षण भैरहेको छ। भीडभाड नियन्त्रण, सुरक्षा सतर्कता र उपचारका लागि पूर्वाधारको तयारीमा भने कसैको ध्यान गएको देखिँदैन। भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किनेहरूको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ। भारतबाट आएका र परीक्षण गरिएका प्रायःजसो व्यक्तिहरूमा संक्रमण देखिए पनि सबैको परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने काम गरिएको छैन।

स्थानीय तहले संक्रमितको व्यवस्थापनका लागि अझै सामान्य तयारीसम्म रहेका छैनन। दिनदिनै संक्रमितको संख्या बढिरहेको भए पनि जिल्लामा कुनै पनि स्थानीय तहले आइसोलेसनमा बस्न भवनको व्यवस्थापन गरेका छैन। स्थानीय तहमा ५ बेडको अस्थायी कोरोना अस्पतालकै भरमा परेका छन्। रभारतबाट फर्केका नागरिक सिधै घर जान थालेपछि गाउँमा कोरोना संक्रमण बढ्दै गएको छ। कोरोना संक्रमितलाई समेत होम आइसोलेसनमा बस्नु भन्दै घर पठाउन थालिएको छ।

मगंलबार मात्रै २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ जना गरी २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ। पिसिआर परीक्षणमा पाटन नगरपालिकाका ३ जना, दशरथचन्द नगरपालिकाका १२ जना, शिबनाथ गाउँपालिकाका १ जना र मेलौली नगरपालिकाका १ जना रहेका छन्। यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुर्चौडी नगरपालिकाका ४० वर्षीय पुरुष, पञ्चेश्वर गाउँपालिका–६ का ३० वर्षीय पुरुष र सोही गाउँपालिका–५ का २९ वर्षीय पुरुष रहेका छन्।

प्रकाशित: १६ वैशाख २०७८ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App