coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोरोना नियन्त्रणमा भारतको मात्र भर नपराैँः माले

नेकपा(माले)ले कोरोना नियन्त्रणका लागि भारतको मात्र भर नपरी अन्य देशसँग पनि सहकार्य गर्न माग गरेको छ।

काठमाडौंको रुद्रनगर (रातोपुल) स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले कोरोनाविरुद्धको खोप व्यवस्थापनका लागि भारतको मात्र भर नपरी रुस, चीन, जापान आदिसँग सहकार्य गर्न माग गरेको पार्टी महासचिव सी.पी.मैनालीले जानकारी दिए।

उनले कोरोना विरुद्धको खोपको व्यवस्थापनका लागि भारतको मात्र भर पर्न नहुने बताउँदै भारतको भरमा रहेर ‘केही गर्दै गरेको’ भ्रम जनतामा छरिरहेको समेत आरोप लगाए।

पार्टी बैठकले गरेका निर्णयहरुबारे जानकारी दिँदै उनले भने, ‘कोरोनाविरुद्ध खोपको व्यवस्थापन गर्न अति–कोरोना प्रभावित मुलुक–भारतको भरमा रहेर ‘केही गर्दै गरेको’ भ्रम जनतामा छर्नुभन्दा सहयोगको प्रस्ताव गर्ने सङ्घीय रुस, समाजवादी चीन, जापान आदिसँग सहकार्य गर्न सरकार सकृय बनोस् भन्ने पार्टीको बैठकले माग गरेको छ ।’

पार्टी बैठकका निर्णयहरुबारे प्रेस–वक्तव्य जारी गर्दै पार्टीले नेपालका सबै अस्पतालहरुमा आवश्यक जनशक्तिसहित बेड, औषधी, भेण्टिलेटर, आइसियु तथा अक्सिजनको पर्याप्त व्यवस्था मिलाउन, कोरोना जाँच तीब्र बनाउन, कोरोना पीडित सर्वसाधारणको निःशुल्क उपचार गर्न लकडाउन वा निषेधाज्ञा लगाएपछि प्रभावित हुने मजदुर, विद्यार्थी तथा शहरीया गरिबहरुका लागि गाँस–बास तथा औषधी उपचारको व्यवस्था गर्न पनि पार्टीले माग गरेको छ ।

साथै बैठकले नेपाल–भारत सिमानालाई कडाइका साथ नियमन गर्न, भारत प्रवासबाट र वैदेशिक रोजगारीबाट आउने नेपाली नागरिकको निम्ति प्रवेश–कालदेखि नै स्वास्थ–सुरक्षाको राम्रो व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले आगामी आ.व.२०७८/०७९ को बजेटमा कृषिको विविधीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै कृषि–उत्पादनमा आत्म–निर्भर हुने नीति तथा बजेटको व्यवस्था गर्न पनि माग गरेको छ।

प्रकाशित: १५ वैशाख २०७८ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App