नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले पनि चलन तोडेर पहिला चीन भ्रमण गरेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफलमा दाहालले आफूले पनि चल्दै आएको परम्परालाई तोडेर चिन भ्रमण गरेको बताएका हुन्।
छलफलमा दाहालले भने, 'तपाईँहरू सबैले बुझ्नु भएकै छ, परम्परादेखि चल्दै आएको पहिलो विदेश भ्रमण भारत बाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको हुँ।'
नेपालका प्रधानमन्त्रीहरुले पहिले औपचारिक भ्रमण भारतबाट गर्ने गरेका थिए। प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नआएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए। चीन भ्रमणका एजेण्डाबारे ओलीले आज सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग संयुक्त छलफल आयोजना गरेका थिए।
प्रकाशित: १० मंसिर २०८१ १४:१२ सोमबार