११ भाद्र २०८३ बिहीबार
image/svg+xml

उद्धार गर्न ६९ पटक उडाइयो हेलिकप्टर

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।

भोटेकोशी बाढीले २० विद्यालयमा क्षति, चार विद्यालय बगर बन्यो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकाेटर धादिङसहितका जिल्लामा विद्यालयसमेत नराम्ररी प्रभावित भएका छन्।

कांग्रेसको १५ औं महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औं महाधिवेशन रोक्न माग गर्दै दायर गरेको पूरक निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि सरकारले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान

राष्ट्रपतिले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।

रसुवागढीमाथि बन्यो ०.११ वर्गकिमीको ताल, जुनसुकै बेला फुट्न सक्ने

रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव थुनिएर ०.११ वर्गकिलोमिटर क्षेत्रफलको नयाँ ताल बनेको स्याटेलाइट तस्बिरले पुष्टि गरेको छ।

बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड सहयोग, बिदामा पनि काम गर्नुपर्ने

सरकारले रसुवाको भोटेकोशी बाढीपीडितहरूको राहत तथा पुनः स्थापनाका लागि संघीय निजामती कर्मचारीहरूको २ देखि १० दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३६ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ

रसुवा बाढी : अख्तियारका पदाधिकारीले १५ दिनको तलब दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्।

बाढी प्रभावितलाई ३ करोड सहयोग गर्ने कोशी सरकारको निर्णय

कोशीप्रदेशको शुक्रबारको मन्त्रिपरिषद् बैठकले ३ करोड रुपैयाँप्रधानमन्त्री दैवीप्रकोप राहत कोषमाउपलब्ध गराउने निर्णय गरेको हो।

अल्जेरियामा डढेलो, १२ जनाको मृत्यु

आगो बस्ती तथा आवासीय क्षेत्रमा समेत फैलिन थालेपछि प्रभावित क्षेत्रका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

विपद्‍मा खटिने सुरक्षाकर्मीहरूको भत्ता बढाउने सरकारको निर्णय

सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ।

बाढीमा बगेर आएको शवबाट सुन निकाल्ने दुई जना पक्राउ

रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शवबाट सुनका गहना चोरी गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उद्धार र राहतमा सरकारसँग सहकार्य गर्ने अग्रगामी मोर्चाको निर्णय

अग्रगामी मोर्चाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्