१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने घोषणा गरेका छन्। केही दिनमात्रै काम गरेकाहरूले समेत सामाजिक सुरक्षा पाउनुपर्ने व्यवस्था लागू गरिने उनले स्पष्ट पारे।

काठमाडौंमा मंगलबार आयोजित सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूले समेत आफ्नो काम अवधिको सामाजिक सुरक्षा पाउने गरी कोषमा आवद्ध हुने व्यवस्था गरिने बताए।

साथै, वैदेशिक रोजगारीमा गएका सबै युवाहरूलाई पनि यसै कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको धारणा थियो।

प्रधानमन्त्री ओलीले भने, ‘अस्थायी, ज्यालादारी, करारमा रहेका सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र समेट्नुपर्छ। केही दिनमात्र सेवा गरे पनि यो नियम लागू गर्नुपर्नेछ। यसरी थोरै भए पनि उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्छ। देशबाहिर २५/२६ लाख युवाहरू रोजगारीका लागि गएका छन्। तर एयरपोर्टमा देखिने भिडले जानेको हो कि फर्किनेको हो भन्ने छुट्याउन कठिन छ। रोजगारीका लागि सम्झौताअन्तर्गत गएका धेरैजसो युवाहरू फर्किरहेका पनि छन्।’

उनले सरकारले जनताको सुख, समृद्धि र सुरक्षाबाहेक अरू कुनै उद्देश्य नराखेको पनि बताए।

प्रकाशित: ११ मंसिर २०८१ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App