८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा २ सय ५६ जना संक्रमित थपिए

क्याप्शन

प्रदेश १ मा बुधबार अढाइ सय जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ को विभिन्न जिल्लामा बुधबार २ सय ५६ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मोरङमा १ सय २०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएका छन्। मोरङको विराटनगरमा ४३ महिला र ६२ पुरुषसहित १ सय ५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बार्‍हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जना कोरोना संक्रमित थपिएका छन्। 

सुनसरीको धरानमा २६, इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१ जनामा कोरोना संक्रमण देखिएको छ। ताप्लेजुङको फुङलिङमा ११ र स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९० पुगेको छ। संक्रमितमध्ये ३० हजार ६ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ। प्रदेश १ मा बुधबार ८ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ८९ महिला र १ सय ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०७८ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App