६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पाल्पामा वैशाख १७ गतेदेखि २४ सम्म निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी हुने भएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

बैठकले अत्यावश्यक सवारी साधन, तरकारी, दूध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी, पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ। बैठकले औषधि तथा स्वास्थ्य सामग्रीका पसल २४ घण्टा खुल्ने जनाएको छ। सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाउने, सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ। पाल्पामा पछिल्लो एक सातामा २ सय बढी सक्रिय संक्रमित थपिएका छन्।

प्रकाशित: १५ वैशाख २०७८ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App