२० वैशाख २०८१ बिहीबार
image/svg+xml

शिक्षकमाथि हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जब रनवेमा नै यात्रुहरू खाना खान थाले...

अत्यधिक कुहिरोका कारण भारतमा पनि विमान उडान प्रभावित बनेको छ। जसका कारण यात्रुहरू मर्कामा परेका छन्।

हातपात गर्ने उप प्रमुखलाई कडा कारबाहीको माग गर्दै बुझायो ट्रेड युनियनले ज्ञापन पत्र

सुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गर्ने उप प्रमुख होम प्रकाश चौधरीलाई कारबाही गर्नु पर्ने कपिलवस्तुका १० पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सम्बद्ध ४ ट्रेड युनियन कर्मचारी सङ्गठनले माग गरेका छन।

बिरामीको मृत्यु भएपछि मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन्। चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुखमाथि हातपात

गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ। जनयुद्धको सन्दर्भलाई जोड्दै दवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका बिद्यार्थीहरुले मंगलवार बिहान उनीमाथि हातपात गरेका हुन्।

मदिरा सेवन गरेर वडाध्यक्षले डाक्टरमाथि हातपात गरेको आरोप

वडाध्यक्ष बस्नेतले बुधबार राति साढे आठ बजेतिर ड्युटीमा रहेका डाक्टर यामप्रसाद शर्मालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका थिए।

तस्करी रोक्न खोज्दा प्रहरीमाथि हातपात

मूल नाका छलेर भित्री बाटो हुँदै तस्करी भइरहेको सूचना आएपछि बाख्रा नियन्त्रण गर्न खोज्दा तस्करीले आफूमाथि हातपात गरेको असइ ओलीले बताइन्। तिहार नजिकिँदै गर्दा तस्करीले बाहिरी बाटो (चोर बाटो) बाट तस्करी गर्दै आएका छन्। ‘भित्री बाटो हुँदै बाख्रा तस्करी भएको सूचनाका आधारमा हामी पहिला दुई पछाडि दुईजना त्यहाँ गएका थियौं,’ असइ ओलीले भनिन्, ‘नियन्त्रण गर्न खोज्दा हामीमाथि उल्टै हातपात भयो।’

बुटवलका मेयर शिव सुवेदीलाई ज्योतीनगरका पहिरो पीडितद्वारा हातपात

पहिरोल बिस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई उचित व्यवस्थापनमा ध्यान नदिएको र पानी पर्न थालेपछि बल्ल निरीक्षणको नाटक गरेको भन्दै ज्योतीनगरबासी मेयर सुवेदीसंग आक्रेशित भएको र सोही क्रममा घटना घटेको स्थानीयले बताएका छन्।

नगरपालिकाका कर्मचारीमाथि हातपात गर्ने नेतालाई कारवाहीको माग

नेकपाका मटिहानी नगरस्तरीय नेता राजकिशोर मण्डलले नगरपालिकामा कामकाज गर्दै गरेका कर्मचारी राकेशकुमार राणलाई बिहीबार दिउँसो हातपात गरेको भन्दै नेता मण्डललाई कारबाही गर्न माग गर्दै नगरपालिकाका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दर्ता गराएका छन्।

सुर्खेतमा डाक्टरमाथि हातपात

कर्णाली प्रदेश आर्युवेद औषधालले सञ्चालन गरेको कोभिड अस्पतालको ड्युटी सकेर घरतर्फ जाँदै गरेका डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि बिहीबार बेलुका छ बजेतिर तीन जना युवाहरुले गेटमै आक्रमण गरेका थिए।

प्रअले दिए वडाध्यक्षलाई ज्यान मार्ने धम्की

‘म को हुँ चिन्छस् ? तँलाई दुईचार दिनमै सिध्याई दिन्छु,’ प्रअ खत्रीले भनेका थिए ‘साँझ खाना खाएर राम्रोसंग सुतेस् ।’ वडाको सिफारीस लिने क्रममा ढिलाई भएको भन्दै प्रअ वडा अध्यक्षमाथि खनिएका थिए ।

मास्क लाउन आग्रह गर्दा प्रहरीमाथि हातपात

बिहीबार साँझ प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो ।

पुर्चौडी नगरपालिकाका मेयरमाथि हातपात

पुर्चौडी नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको छ भने मेयर रण्बहादुर कुँवरलाई स्थानीय युवाले हातपात गरेका छन् । सोमबार अपराह्न कार्यकक्षमै हातपात गरेको नगरप्रवक्ता दलबहादुर धामीले बताए । स्थानीय युवाको एक समूहले नगरप्रमुख कुवँरमाथि कुटपिट गर्नुका साथै कार्यकक्ष र कार्यालयमा समेत तोडफोड गरेका हुन् ।

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन्।

कोरोना संक्रमण विरोधी अभियानमा लागेका डाक्टरमाथि हातपात

कोरोनाको संक्रमण रोक्ने अभियानमा सक्रिय भइरहेका बेला जाजरकोट जिल्लाको वारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टरमाथि मदिरा सेवन गरेका स्थानीय युवाहरुले हातपात गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्