१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिरामीको मृत्यु भएपछि मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन्। चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण विकका अनुसार लम्जुङको सुन्दरबजार नगरपालिका–६की ५७ वर्षिया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेको विकले बताए।

‘चिकित्सकमाथि हातपात भएपछि केही तनाव उत्पन्न भएको हो। अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ,’ डिएपी विकले भने। विकका अनुसार चिकित्सकमाथि हातपात गर्ने बिरामीका आफन्त पहिचान गर्ने प्रयास भईरहेको छ। अस्पतालले भने यसबारेमा कुनै जानकारी दिएको छैन।  

प्रकाशित: ८ आश्विन २०८० १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App