८ वैशाख २०८१ शनिबार

ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, माइतीघरमा भेला हुँदै देशभरका चिकित्सक

आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै आन्दोलनमा उत्रिएका आवासिय चिकित्सकहरूले आज चौथो दिनपनि आन्दोलन जारी राख्ने भएका छन्।

चिकित्सकहरुको चेतावनीः दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौं

मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधवार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन्।

मणिपालको विवादमा मुछिएका चिकित्सक छुटे, मृतकका आफन्त अझै नियन्त्रणमा

मणिपाल शिक्षण अस्पतालमा सोमबार भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका चिकित्सक डा.दीनेशकुमार विकलाई प्रहरीले छाडेको छ।

देशभर चिकित्सकमाथि कुटपिटको घटना बढेपछि चिकित्सकहरू फेरि आन्दोलित

देशभरका विभिन्न अस्पतालका चिकित्सक तथा आवासिय चिकित्सकहरूले आफ्नो सुरक्षा र काम गर्ने वातावरणको माग गर्दै आन्दोलनमा उत्रेका छन्।

बिरामीको मृत्यु भएपछि मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन्। चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु

पोखराको मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ। पोखरा–१८ सराङ्कोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको अस्पतालको तेश्रो तलाबाट खसेर करिब १२ बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मजदुर आन्दोलनको चेपुवामा मणिपाल शिक्षण अस्पताल

मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीनसाता भन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउने बिरामी नै घट्न थालेका छन्।

अवधि नपुग्दै बाहिरिँदै मणिपाल

वैदेशिक लगानीकर्ता रहेको नेपालकै पहिलो मेडिकल कलेज मणिपालले सबै स्वामित्व बिक्री गरेको छ । भारतीय लगानीको यो मेडिकल कलेजले पोखरेली व्यवसायीलाई स्वामित्व बिक्री गरेको हो । भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले यो कलेज संचालन गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्