४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मदिरा सेवन गरेर वडाध्यक्षले डाक्टरमाथि हातपात गरेको आरोप

दैलेखको नौमुले गाउँपालिका–७ का वडाध्यक्ष मोतीलाल बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरमाथि हातपात गरेका छन्। वडाध्यक्ष बस्नेतले बुधबार राति साढे आठ बजेतिर ड्युटीमा रहेका डाक्टर यामप्रसाद शर्मालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका थिए।

डाक्टरमाथि भएको गालीगलौज र हातपातविरुद्ध स्वास्थ्यकर्मीहरुले इमरजेन्सीबाहेकका सेवा बिहीबारदेखि बन्द गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार मदिरा सेवन गरेर आएका वडाध्यक्षले होहल्ला गर्न थालेपछि सम्झाउन खोज्दा उल्टै चिकित्सकमाथि आक्रमण गरेको बताएका छन्। स्वास्थ्यकर्मीहरुले मेडिकल अधिकृत डाक्टर शर्मामाथि दुव्र्यवहार गर्ने वडाध्यक्ष बस्नेतले माफी नमागेसम्म इमरजेन्सी र प्रसुती सेवाबाहेक सञ्चालन नगर्ने बताएका छन्।

‘इमरजेन्सीमा विरामी जाँच गरिरहेको बेला राति साढे आठ बजेतिर आएका वडाध्यक्षले गालीगलौज गर्दै हातपातसमेत गरे,’ डा. शर्माले भने, ‘जनप्रतिनिधिबाटै असुरक्षित महशुस भएपछि इमरजेन्सी र प्रसुतीबाहेकका स्वास्थ्य सेवा बन्द गर्न बाध्य भएका हौं।’

उनले जनप्रतिधिहरुबाट आफूहरु असुरक्षित रहेको, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण नभएको र त्रासमा आफूहरु काम गर्न नसक्ने भएकाले आफूहरुमाथि हातपात र गालैगलौज गर्ने जनप्रतिनिधिले माफी मागेर काम गर्ने वातावरण नहुँदासम्म काममा नफर्कने बताए।

प्रकाशित: १२ फाल्गुन २०७८ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App