७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
जनक केसी


जनक केसीका लेखहरु :

लकडाउनका कारण रोकिएको मुआब्जा रकम वितरण गर्न माग

कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लकडाउन भएपछि नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणको काम रोकिदा आफूहरु मर्कामा परेको भन्दै यहाँका स्थानीयले सामाजिक दुरी कायम गरेर रकम वितरणको काम सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

नलगाड नगरपालिकाको आफ्नै खर्चमा डाक्टर (अपडेट)

सरकारी अनुदानमा तलव खाने चिकित्सकको दरबन्दी भएपनि कहिलै र बस्न नमान्ने जिल्लाको एक प्राथमिक स्वास्थ्य केन्द्रमा यहाँको एक नगरपालिकाले आफ्नै खर्चमा चिकित्सक भर्ना गरेर काम चलाएको छ । सरकारले खटाए पनि विभिन्न बहाना र शक्तिको प्रयोग गर्दै दुर्गममा डाक्टरहरु बस्न नमान्ने गरिरहेका बेला जिल्लाको नलगाड नगरपालिकाले आफ्नै बजेटमा एक जना डाक्टर भर्ना गरेर सेवा सुचारु गरेको हो ।

भेरी नगरका प्रमुख घर्तीमाथि आक्रमणका आरोपित शाहीद्वारा प्रहरी समक्ष आत्मसमर्पण

गत वैशाख १३ गते भेरी नगरपालिकाका मेयर एवम सत्तारुढ नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य सिपी घर्तीमाथि भौतिक आक्रमण गरेको आरोप लागेका राष्ट्रिय युवा संघ जाजरकोटका पूर्व संयोजक दिपेन्द्र शाहीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

बाहिरबाट २ हजार भित्रिए, १७ जनाको मात्रै स्वाब परीक्षण

देशमा लकडाउन भएयता भारतलगायत मुलुक र अन्य जिल्लाबाट जाजरकोट भित्रिएका २ हजार ७ सय २४ जनामध्ये हालसम्म  १७ जनाको मात्र स्वाब परीक्षण र ४ सय ४० जनाको मात्र आरडिटी परीक्षण गरिएको छ।

भेरी नगरपालिकाद्वारा लकडाउन पीडितलाई खाद्य सहयोग

जिल्लाको भेरी नगरपालिकाले लकडाउनको ४५ औ दिनदेखि विपन्न परिवारहरुलाई विभिन्न खाद्य सामग्रीहरु वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा १५ दिनको प्याकेज बनाएर नगरपालिकाले शुक्रबारदेखि वडा नम्वर १, ५ र ६ का विपन्न सर्वसाधारणहरुलाई चामल, दाल, नुन, तेल लगाएतका सामग्रीहरु वितरण सुरु गरेको हो ।

प्राकृतिक सुन्दरताभित्र पहिलोपल्ट सवारी

जाजरकोट जिल्लामा सबैभन्दा बढी प्राकृतिक स्रोत–साधन, सुन्दरता र सम्पदा भएको वारेकोट गाउँपालिकामा गाडी पुगेको छ ।

कोरोना संक्रमण विरोधी अभियानमा लागेका डाक्टरमाथि हातपात

कोरोनाको संक्रमण रोक्ने अभियानमा सक्रिय भइरहेका बेला जाजरकोट जिल्लाको वारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टरमाथि मदिरा सेवन गरेका स्थानीय युवाहरुले हातपात गरेका छन् ।

स्वर्ग जस्तै वारेकोटमा पनि पुग्यो गाडी

जाजरकोट जिल्लामा सबै भन्दा बढी प्राकृतिक श्रोत साधन र सुन्दरता एवम सम्पदा भएको वारेकोट गाउँपालिकामा गाडी पुगेको छ । जिल्लाका सात स्थानीय तहहरु मध्य सबै भन्दापछि सडक सन्जालसंग जोडिएको वारेकोट विकास र समृद्धिका लागि निकै सम्भावना भएको गाउँपालिका हो । गत चैत्र ११ गते मालवाहक टयाक्टर र यात्रु वोकेको जीप वारेकोटको केन्द्र लिम्सामा पुगेपछि वारेकोट सडक सन्जालसंग जोडिएको हो ।

जाजरकोटमा तीन सय १० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण रोक्नका लागि सरकारले जारी गरेको लकडाउन अवधिमा अहिले सम्म भारत लगाएतका तेस्रो मुलुकबाट जाजरकोट भित्रिएका कोहि व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको पाइएको छ ।

तेस्रो मुलुकबाट जाजरकोट आएका २ सय २१ को परीक्षण रिपोर्ट नेगेटिभ

भारत लगाएत तेस्रो मुलुकहरुबाट जाजरकोट आएका विभिन्न व्यक्तिहरुमा कोरोनाको संक्रमण जाँच्न गरिएको द्रुत निदान जाँच अर्थात आरडीटी गरिएका मध्य सवैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाका सातै स्थानीय तहहरुको सक्रियता, कर्णाली प्रदेश सरकारले उपलव्ध गराएको स्वाब टेस्ट किटको प्रयोग गर्दै स्वास्थ्य सेवा कार्यालय जाजरकोटको सहकार्यमा गरेको परीक्षणबाट यस्तो रिपोर्ट आएको हो ।

काँग्रेस नेता खड्काद्वारा ५ लाखको पीपीई सहयोग

नेपाली काँग्रेस जाजरकोटका नेता एवम् महासमिति सदस्य रत्नवहादुर खड्काले जाजरकोटका स्वास्थ्यकर्मीहरुका लागि ५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री पीपीई दिएका छन्।

मन्त्री बस्नेतको पहलमा जाजरकोटमा पुग्यो स्वास्थ्य सामग्री

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत  विभिन्न स्वास्थ्य सामग्रीहरू जाजरकोट पुगेका छन्। विश्वभर महामारीको रुपमा  फैलिएको कोरोना भाइरस (कोभिड –१९) को जोखिम नियन्त्रणको लागि जाजरकोट अस्पताल तथा  स्थानीय तहहरुले सञ्चालन गरेका अभियानहरुमा साथ दिनका  लागि मन्त्री बस्नेतले संकलन गरेका सामाग्रीहरु  मंगलबार  जाजरकोट पुगेका हुन्।

जाजरकोटमा गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण

नेपाली कांग्रेस जाजरकोटका कोषाध्यक्ष तेजविक्रम शाहले यहाँका  अति विपन्न ७२ परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन्। सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा जीविको पार्जन  परिवारहरुलाई दाल, चामल, नून, तेल लगायतका सामग्रीहरु वितरण गरेका हुन्।

लकडाउनमा पनि गाउँघर दशैं– तिहार जस्तै भिडभाड

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले  लकडाउन अर्थात् घरमै रहन गरेको आव्हनलाई सदरमुकाम र केहि बजार क्षेत्रमा पालना गरिएको भएपनि जिल्लाका ग्रामीण भेगमा भने उल्लंघन गरिएको पाइएको छ। जिल्ला सदरमुकाममा  सुरक्षाकर्मी र सरोकारवालाहरुले प्रत्यक्ष रुपमा  हस्तक्षेप गरेका कारण अधिकांश सर्वसाधारणहरु घरमै बसेको, अनावश्यक बाहिर घुमफिर गरेको नपाइएपनि गाउँमा भने स्थानीयहरू खुलेआम हुल गरेर हिडिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्