२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हातपात गर्ने उप प्रमुखलाई कडा कारबाहीको माग गर्दै बुझायो ट्रेड युनियनले ज्ञापन पत्र

सुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गर्ने उप प्रमुख होम प्रकाश चौधरीलाई कारबाही गर्नु पर्ने कपिलवस्तुका १० पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सम्बद्ध ४ ट्रेड युनियन कर्मचारी सङ्गठनले माग गरेका छन।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई छुट्टा छुट्टै भेट गरेर उनीहरुले घटनाको घोर भर्त्सना गदै ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन।बिहीबार दिउँसो बिना कारण प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष मै उप मेयर चौधरीले ज्ञवालीलाई गालीगलौज, दुब्र्यवार हातपात गरी भौतिक सम्पत्तिमा समेत क्षति पुर्‍याएकोले उनीहरुले दोषीमाथि कडा कारबाहीको माग गरेका छन।

१० मध्ये नौ पालिकाका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले बुझाएको ज्ञापन पत्रमा बिभिन्न चुनौतीका बिच कार्य गर्नु पर्ने बाध्यताका बिच यस किसिमको आक्रमणले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल खस्ने मात्र नभै सदा नत्र र त्रासको मनोबृत्तिले अपहेलित हुने जनाएका छन।यस प्रकारको वातावरणमा कसरी काम गर्ने र सुरक्षाको प्रत्याभूति कसरी हुने भन्ने प्रश्न तेर्सिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

ज्ञापन पत्रमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, महाराजगन्ज नगरपालिकाका रवीन्द्र चौधरी शिवराज नगरपालिकाका बाबुराम पौडेल, बुद्धभुमीका धु्रब प्रसाद नेपाल, कृष्ण नगरका रमेश प्रसाद गौतम, बाणगंगा नगरपालिकाका भक्तिराम मरासिनी, सुद्धोदन गाउँपालिकाका कृष्ण प्रसाद ज्ञवाली, यशोधरा गाउँपालिकाका रामचन्द्र ढकाल, बिजयनगर गाउँपालिकाका शोभाराम रिजालद्धारा हस्ताक्षर रहेको छ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष प्रकाश गौतम, नेपाल कर्मचारी युनियनका अध्यक्ष झक बहादुर आले, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कार्यवाहक अध्यक्ष सन्देश पन्थी, नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष राजेन्द्र मिश्रले संयुक्त हस्ताक्षर गरेको ज्ञापन पत्रमा घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारबाही गर्नु पर्ने माग गरेका छन । कर्मचारीलाई काम गर्ने वातावरण मिलाई दिन हुन उनीहरुले नेपाल सरकार समक्ष माग गरेका छन।

कर्मचारीहरूले टोलीले प्रहरी उपरिक्षक नवरत्न पौडेललाई समेत भेटेर दोषीलाई तत्कालै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन । घटनाको विरोधमा सुद्धोधन गाउँपालिकाका कर्मचारीहरूले बिहीबार देखि नै गाउँपालिकाको कामकाज ठप्प गर्दै आ्न्दोलनमा उत्रेका छन । उनीहरुले दोषीलाई कारबाही नभए सम्म गाउँपालिकाको कामकाज ठप्प राख्ने चेतावनी समेत दिएका छन।

बिहीबार दिउसो २ बजेतिर उप प्रमुख चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि हातपात गरेका थिए।कामको लागि गाडीको चाभी माग्दा समेत नदिएको भन्दै उनले हातपात गरेका थिए । उप प्रमुख चौधरीले भने आफूले हातपात नगरको र सामान्य भनाभन मात्र भएको दाबी गरेका छन। सो पालिकामा उप प्रमुख र प्रमुख कमेलश शरण चाैधरी बिच समेत ६ महिना देखि विवादका कारण बोलचाल समेत बन्द छ।प्रमुख चौधरीले समेत उप प्रमुख माथि कारबाही हुनु पर्ने माग गरेका छन। 

प्रकाशित: १७ कार्तिक २०८० १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App