१४ पुस २०८२ सोमबार
image/svg+xml
खेल

अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित

युथ एक दिवसीय शृङ्खला अन्तर्गत अफगानिस्तानको यु–१९ क्रिकेट टोलीविरुद्वको अन्तिम खेलमा नेपालले जित हात पारेको छ।

बुधबार भएको तीन खेलमध्येको अन्तिम खेलमा अफगानिस्तानलाई ८५ रनले हराउँदै नेपाल यु–१९ले सान्त्वना जित हात पारेको हो।

आज अफगानिस्तानलाई नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल रोकिएको थियो।

वर्षाका कारण खेल अगाडि बढ्न नसकेपछि डिएलएस विधिबाट नेपालले जित हात पार्‍यो। अफगानिस्तानले २० दशमलव १ ओभरमा आफ्नो ६ विकेट गुमाउँदै ४६ रन बनाएको थियो।

अफगानिस्तानका लागि फैसल शिनोजादाले १६, अजीजुल्लाह मिया खिलले १५, कप्तान महबुब खानले ८, बरकत इब्राहिमजाइले ५ र नाजिफुल्लाह अमिरीले एक रन जोडे। अफगानिस्तानले अतिरिक्त एक रन प्राप्त गर्‍यो।

नेपालका लागि अपराजित पौडेलले दुई विकेट हात पार्दा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान एक/एक विकेट हात पारे।

त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो।

तीन खेलको शृङ्खला भने अफगानिस्तानले २–१ ले जितेको छ। पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोेस्रोे खेलमा पनि अफगानिस्तानले नेपाललाई एक रनले हराएको थियो।

प्रकाशित: २७ चैत्र २०८१ २०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App