१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

भुवन लोहनीको नयाँ म्यूजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक

अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीले नयाँ म्यूजिक भिडियो नेपाली बजारमा ल्याएका छन् । गीत संगीतमा रमाउने लोहनी फरक पेशा र काममा अमेरिकामा रहेपनि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।  

उनै लोहनीले आफ्नो छोराको पाँचौ जन्मदिनको अवसर पारेर नयाँ नयाँ म्युजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक गरेका छन् ।  

आफ्नै शब्द रहेको लोहनीको गीतमा दीपक शर्माले संगीत संयोजन गरेका छन् । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको छ ।  

यो म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन् । भिडियोमा भुवन लोहनी र अर्बिशा थापाको अभिनय छ । अर्बिशा अभिनित नयाँ चलचित्र छायांकन सकेर चाँडै प्रदर्शनमा आउँदैछ । कृष्णबहादुर थापाको कन्सेप्टमा छायांकन गरिएको यो भिडियोमा थापाको गृह जिल्ला लमजुङको पर्यटकीय गतिविधिलाई उजागर गर्न खोजिएको छ ।

थापाले आफ्नो जन्मभूमिको प्रचार र प्रवर्द्धनकै लागि लमजुङको घलेगाउँका सुन्दर दृश्यलाई कैद गरिएको बताएका छन् । आन्तरिक पर्यटनको आकर्षक केन्द्र घलेगाउँका दृश्यलाई म्युजिक भिडियोमार्फत थप प्रचार गर्न खोजिएको उनले बताए ।

भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । यो म्यूजिक भिडियोका निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन् ।  विदेशमा रहेर पनि नेपाली गीत–संगीतप्रति निरन्तर सक्रिय रहँदै आएका लोहनीको यो प्रस्तुतीलाई दर्शक स्रोताले मन पराउने विश्वास लिइएको छ ।  

को हुन् भुवन लोहनी  

विगत १० वर्षदेखि अमेरिकाको केन्टकी राज्यस्थित लेक्सिङ्टन शहरमा परिवारसहित बस्दै आएका लोहनीले नेपाली गीत–संगीतप्रतिको मोहलाई बेला बेला उजागर गर्ने गर्छन् । संगीत प्रतिको आफ्नो निरन्तर प्रेमलाई अघि बढाउँने क्रममा उनले नयाँ म्युजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ लिएर आएका छन् ।  

नेपालमै रहँदादेखि नै नेपाली गीत–संगीतमा गहिरो रुचि राख्दै आएका लोहनी २०१७ मा अमेरिका लागे । अमेरिकामा फरक परिबेश र पेशामा आवद्ध भए पनि उनी नेपाली गीत संगीतलाई माया गर्दै नयाँ सिर्जना पस्कने गर्दछन् ।  

अमेरिकामै निर्देशक सुमन दाहालसँग भेट भएपछि लोहनीले म्युजिक भिडियोमार्फत डेब्यू गरेको बताएका छन् । त्यसयता दाहाल र लोहनीबीचको सहकार्य निरन्तर छ। उनीहरूबीच म्युजिक भिडियो, लघु चलचित्र तथा विज्ञापनलगायत विभिन्न सिर्जनात्मक परियोजनामा सहकार्य हुँदै आएको छ।

हालसालै नेपाल बसाइँका क्रममा लोहनीले अर्को एक म्युजिक भिडियोको छायांकन पूरा गरी अमेरिका फर्किएका छन् ।  

उनको यो आठौँ म्युजिक भिडियो हो। यससँगै लोहनीले आफैं गीत लेखनसमेत गर्दै आएका छन् ।  

नेपाली सांगीतिक क्षेत्रमा विदेशबाटै सक्रिय रहँदै योगदान पुर्‍याउन सक्रिय उनले नेपाली संगीतको अगाध माया रहेको बताए । 

प्रकाशित: १३ पुस २०८२ २१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App