२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पोखरामा सञ्चार मन्त्रीको एक दिन!

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गरेका छन् ।  

पोखरामा बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना एवम् नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा आयोजित ‘आम सञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल’ को उद्घाटनपछि पोखरास्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालय र तालचोकस्थित एन सेलको डाटा सेन्टरको निरीक्षण गरे ।

टेलिकमको कार्यालयमा प्रदेश कार्यालयका तर्फबाट निर्देशक वसन्त लिङथेप, उपप्रबन्धक हरि के शर्मा लगायतले मन्त्री खरेललाई स्वागत गरेका थिए ।  

सो अवसरमा मन्त्री खरेलले नेपाल टेलिकमको सेवालाई समय सापेक्ष प्रभावकारी बनाउनुपर्ने बताउँदै विद्यमान समस्याको समाधानाका लागि नीतिगत रुपमा गनुपर्ने विषयलाई अघि बढाउने कुरामा आँफू तयार रहेको बताए ।

देश निर्वाचनमा अघि बढीसकेको उल्लेख गर्दै उनले दलहरू निर्वाचनको तयारीमा लागिसकेको बताए । देशलाई स्थायित्वसँगै समृद्धि र विकासको बाटोमा लैजानका लागि निर्वाचन अपरिहार्य भएको उनको भनाइ छ ।

नेपाल टेलिकमममा आयोजित कार्यक्रममा निर्देशक लिङथेप र शर्माले त्यहाँबाट भैरहेका सेवा प्रवाह लगायतका विषयमा जानकारी गराए ।  

मन्त्री खरेलले पोखराको तालचोकस्थित एनसेलको डाटा सेन्टरको पनि स्थलगत अवलोकन गरेका थिए । मन्त्री खरेललाई सो सेन्टरका तर्फबाट प्राविधिक मदन घिमिरेले जानकारी गराए । मन्त्री खरेलले डाटा सेन्टरको व्यवस्थापन पक्ष राम्रो पाएको भन्दै प्रशंसा गरे ।  मन्त्री खरेलले आजै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रमुख सचिव डण्डुराज घिमिरे सहित सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्था लगायतका विषयमा जानकारी लिएका थिए ।

उनले आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका साथै विभिन्न भेटघाट पनि गरे । 

प्रकाशित: १३ पुस २०८२ २२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App