११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

लमजुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिला घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेक्लेकी ३८ वर्षीया दिपा भण्डारी घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी छिन्।

बुधबार बिहान करिब ८ बजेको समयमा घरदेखि करिब ३ किलोमिटर टाढा घाँस काट्ने क्रममा उनी करिब ४–५ मिटर तल भिरबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए।

घाइते भण्डारीलाई उपचारका लागि बुधबार साँझ ५:१५ बजे चितवनस्थित नयाँ मेडिकल कलेजमा पुर्‍याइएको प्रहरीले जनाएको छ।

उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

प्रकाशित: २७ चैत्र २०८१ १८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App