दुई दिनअघि भक्तपुरमा मृत अवस्थामा भेटिएका युवा उदयपुरको ताप्ली गाउँपालिकाका भएको पुष्टि भएको छ । मङ्गबार राति भक्तपुर नगरपालिका ३ स्थित एक निर्माणाधीन भवनमा हत्या भएको अवस्थामा फेला परेका ३४ वर्षीय पूर्ण ठकुरी उदयपुर ताप्ली गाउँपालिका ३ इनामे दगलेका स्थायी बासिन्दा भएको पुष्टि भएको हो ।
भक्तपुरस्थित निर्माणाधीन साढे ३ तले घरको भुईतलामा मृत अवस्थामा भेटिएका युवा उदयपुरका भनिए पनि स्पष्ट ठेगाना नखुलेपछि स्थानीय प्रहरीले खोज अनुसन्धान थालेको थियो । प्रहरीले फोटो सार्वजनिक गर्दै खोजी कार्य थालेपछि बिहीबार बिहान मृतकका आफन्तजन सनाखत गर्न आएको भक्तपुर प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रकाशित: १० पुस २०८२ २१:०५ बिहीबार





