मोरङ क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी सानदार मतान्तरसहित विजयी भएका छन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई भारी अन्तरले पराजित गर्दै जित दर्ता गराएका हुन्।
अन्तिम मतपरिणाम अनुसार राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार घिमिरेले १२ हजार ८ सय १८ मत मात्र ल्याउन सकेका छन्। विजयी राजवंशी र पराजित घिमिरेबीचको मतान्तर २८ हजार १५ रहेको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ ००:५३ शनिबार



-600x400.jpg)

