२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

जुम्लामा देखिएन रास्वपा लहर: राप्रपाका ज्ञानेन्द्रको फराकिलो अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जुम्ला जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार शाहीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पारेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार राप्रपाका ज्ञानेन्द्र शाही ६ हजार ७ सय ३८ मतका साथ पहिलो स्थानमा छन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले २ हजार ९ सय ५६ मतका साथ पछ्याइरहेका छन्। शाही र भण्डारीबीचको मतान्तर ३ हजार ७ सयभन्दा बढी पुगेको छ।

त्यसैगरी, नेपाली कांग्रेसका दीप बहादुर शाही १ हजार ८ सय ८४ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका शान्ति लाल महत ९ सय ३७ मतमा खुम्चिएका छन्। जुम्लाको यो प्रारम्भिक नतिजाले यस पटक पनि ज्ञानेन्द्र शाहीको पकड बलियो रहेको संकेत गरेको छ।

नेपाल मजदुर किसान पार्टीका बिर्ष बहादुर रावतले १७१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिनिता कठायतले ९१ मत पाएकी छन्। 

प्रकाशित: २३ फाल्गुन २०८२ ००:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App