२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

१२ क्षेत्रमा नतिजा: रास्वपाको ७, कांग्रेसको ३ र नेकपाको २ जित

प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार हालसम्म विभिन्न तीन राजनीतिक दलका १२ जना उम्मेदवार निर्वाचित भएका छन्।

निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ। उक्त पार्टीका ७ जना, नेपाली कांग्रेसका ३ जना र नेपाली कम्युनिष्ट पार्टीका २ जना उम्मेदवार विजयी भएका हुन्।

रास्वपाका विजयी उम्मेदवार

१. बिना गुरुङ - कास्की क्षेत्र नं. ३ (३७,७५० मत)

२. प्रदिप विष्ट - काठमाडौं क्षेत्र नं. १० (३७,४६९ मत)

३. गणेश पराजुली - काठमाडौं क्षेत्र नं. ७ (२७,८०५ मत)

४. शिशिर खनाल - काठमाडौं क्षेत्र नं. ६ (२७,७१९ मत)

५. विराज भक्त श्रेष्ठ - काठमाडौं क्षेत्र नं. ८ (२४,५९२ मत)

६. राजु नाथ पाण्डे - काठमाडौं क्षेत्र नं. ३ (१८,७५७ मत)

७. रञ्जु न्यौपाने - काठमाडौं क्षेत्र नं. १ (१५,४५५ मत)

 

नेपाली कांग्रेसका विजयी उम्मेदवार

 

१. मोहन आचार्य - रसुवा क्षेत्र नं. १ (१०,६५६ मत)

२. योगेश गौचन थकाली - मुस्ताङ क्षेत्र नं. १ (३,३०७ मत)

३. टेक बहादुर गुरुङ - मनाङ क्षेत्र नं. १ (२,४१५ मत)

 

नेकपाका विजयी उम्मेदवार

 

१. महेन्द्र बहादुर शाही - कालिकोट क्षेत्र नं. १ (११,३३८ मत)

२. पुष्पकमल दाहाल ‘प्रचण्ड’ - रुकुम पूर्व क्षेत्र नं. १ (१०,२४० मत)

 

अन्य निर्वाचन क्षेत्रहरूमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ ००:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App