प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतगणना परिणाम अनुसार दाङ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्। जिल्लाका स्थापित र प्रभावशाली नेताहरू रास्वपाका उम्मेदवारभन्दा निकै पछाडि देखिएका छन्।
क्षेत्रगत विवरण:
दाङ क्षेत्र नं. १: रास्वपाका उम्मेदवार देवराज पाठक १५ हजार ४ सय ४६ मतसहित शीर्ष स्थानमा छन्। उनले नेपाली कांग्रेसका योगेन्द्र चौधरीलाई १० हजारभन्दा बढी मतको अन्तरले पछि पारेका छन्। चौधरीले ४ हजार ९ सय ९४ मत प्राप्त गर्दा नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे १ हजार ९ सय मतमा खुम्चिएका छन्।
दाङ क्षेत्र नं. २: यस क्षेत्रमा रास्वपाका विपिन कुमार आचार्य १० हजार १ सय ७ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले ४ हजार ७ सय ५५ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै नेपाली कांग्रेसका किरण किशोर घिमिरे ३ हजार ३ सय ७० मतका साथ तेस्रो स्थानमा छन्।
दाङ क्षेत्र नं. ३: रास्वपाका कमल सुवेदी १३ हजार २ सय ७७ मतसहित अगाडि छन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीलाई पछि पारेका हुन्। गिरीले ४ हजार ४ सय ५७ मत प्राप्त गर्दा नेकपा एमालेका घनश्याम पाण्डे ३ हजार ४ सय ७० मतका साथ तेस्रो स्थानमा छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ००:१४ शनिबार





