कास्की क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ फराकिलो मतान्तरसहित विजयी भएकी छन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई झन्डै तेब्बर मतले पछाडि पार्दै सानदार जित दर्ता गराएकी हुन्।
भर्खरै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार विजयी गुरुङले ३७ हजार ७ सय ५० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङले १२ हजार ७ सय ८० मत मात्र ल्याउन सकेका छन्।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद दामोदर बैरागी तेस्रो स्थानमा खुम्चिएका छन्। उनले ७ हजार ९ सय ६ मत मात्र प्राप्त गरेका छन्।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार अर्जुन खनालले १ हजार ५ सय २५ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल गिरीले १ हजार ४ सय ५६ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ २३:५४ शुक्रबार

