प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं-२ मा जारी प्रत्यक्षतर्फको मतगणनाको पछिल्लो मतपरिणम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहराले फराकिलो मतान्तरसहित अग्रता कायम कायम गरेका छन्।
निर्वाचन अधिकृत प्रकासबहादुर भण्डारीका अनुसार मतगणनामा बोहराले १५ हजार ५७९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले चार हजार ७०७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।
यसैगरी, नेकपा (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले तीन हजार ४६९ मत प्राप्त गरेका भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले दुई हजार ९५३ मत प्राप्त गरेका छन्।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार तीर्थराज चटौतले ८३६ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ ले उपलब्ध गराएको जानकारीअनुसार हालसम्म ३० हजार २११ मत गणना गरिएको छ। तीमध्ये २८ हजार २६० मत सदर भएका छन् भने एक हजार ९५१ मत बदर भएका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नं-२ मा कुल मतदाता सङख्या एक लाख नौ हजार ५७४ रहेको छ। तीमध्ये ६४ हजार ८८१ मत खसेको थियो, जुन कुल मतदाताको ५९ दशमलव २१ प्रतिशत हो।
सो निर्वाचन क्षेत्रमा चार स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०१:१० शनिबार




-600x400.jpg)
