११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा आज मृत्यु भएको छ।

बाँकेको जानकी गाउँपालिका–४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किर दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर निवासी ४५ वर्षीय बस्नेत कार्यालयको कामका लागि नेपालगञ्ज बजारबाट बर्दिया फर्कने क्रममा सो दुर्घटना भएको थियो।

उनको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ।

प्रकाशित: २७ चैत्र २०८१ १९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App