९ पुस २०८२ बुधबार
image/svg+xml
कला/संस्कृति

संसारकै गहिरो उपत्यकामा ‘अग्लो’ काम

तस्बिर : उपेन्द्र लामिछाने/नागरिक

भोजपुरस्थित अरुण गाउँपालिकामा निर्माणाधीन अरुण आध्यात्मिक प्रतिष्ठान किरात, बौद्ध र हिन्दु धर्मावलम्बीको साझा फूलबारीको रूपमा विकिशित हुँदै गएको छ । मन्दिर चैत्य र माङखिमको यस पवित्र भूमिमा गुरुकुल, त्रिपिटक र मुन्धुम दर्शनको अन्ध्यनकेन्द्र खुल्दै छन् ।  

.....

‘धर्म भनेको एक अर्कालाई निषेध गरेर जाने हैन मिलेर जाने हो भन्ने शिक्षा यो प्रतिष्ठानले दिएको छ । प्रतिष्ठानले सिङ्गो समाजलाई  जोडेको छ । निरन राई, किरात धर्मावलम्बी, भोजपुर

....

यो अध्यनकेन्द्र समग्र धर्मावलम्बीको साझा फूलबारीको रूपमा विकसित हुँदै छ । भेदभावरहित समाज निर्माणको लागि यो पहिलो खुट्किला हो । यहीबाट सभ्य समाजको निर्माण हुने विश्वास लिएका छौ एउटै हलमा बौद्ध ध्यान, हिन्दु पुराण र किरात  मुन्धुम दर्शनको चर्चा हुने गर्छ ।  पुण्यप्रसाद पराजुली, वुद्धधर्मालम्बी, भोजपुर

.....

आध्यात्मिक केन्द्रको  जगमै धार्मिक सद्भावको इँटा राखिएको छ । अहिले यो जग मन्दिर, चैत्य , माङखिमको रूपमा विकसित भएको छ ।अरूको धर्मलाई सम्मान गर्दा आफ्नो धर्मलाईपनि सम्मान मिल्ने कुरा यहाँका सर्वसाधारण राम्ररी बुझेका छन् । आचार्य सोमनाथ कोइराला , सचिव, अरुण आध्यात्मिक प्रतिष्ठान  

तस्बिर : उपेन्द्र लामिछाने/नागरिक 

अरुण उपत्यका विश्वकै सबैभन्दा गहिरो उपत्यका हो । यही उपत्यका नजिकैको अरुण गाउँपालिकामा धार्मिक सद्भावको हिसाबले  निकै ‘अग्लो’काम हुदैछ ।  यहाँ निर्माणाधीन अरुण आध्यात्मिक  प्रतिष्ठान किरात, बौद्ध र हिन्दु धर्मावलम्बीको साझा फूलबारीको रूपमा विकिशित हुँदै गएको छ । मन्दिर चैत्य र माङखिमको यस पवित्र भूमिमा गुरुकुल, त्रिपिटक र मुन्धुम दर्शनको अन्ध्यनकेन्द्रले सुनमा सुगन्ध थपेको छ ।  

‘धार्मिक सहिष्णुता सहितको सुसंस्कृत समाज निर्माणको लागी यो प्रतिष्ठानले काम गर्दै छ,’ प्रतिष्ठानका सचिव आचार्य सोमनाथ कोइराला भन्छन्न् ‘यसले सिङ्गो समाजलाई खुसी दिएको छ ।’  

नेपालका मौलिकधर्महरुको हिन्दु बौद्ध र किरात धर्मको अध्ययन  प्रचारप्रसार र सम्बर्दनगर्न प्रतिष्ठानको निर्माण भएको  हो  । भोजपुरको अरुण गाउँपालिका –३ को प्याउलीमा २०७६  माघमा एउटै व्यासासनमा किरात, हिन्दु र वौद्धगुरुबाट पाठ परायण र वाचन गरेर प्रतिष्ठानको जग बसेको कोइरालाले बताए ।  

तस्बिर : उपेन्द्र लामिछाने/नागरिक 

‘यसको जगमै धार्मिक सद्भावको इँटा राखिएको छ,’ कोइराला भन्छन्, ‘अहिले यो जग मन्दिर, चैत्य , माङखिमको रूपमा विकसित भएको छ ।’ अरूको धर्मलाई सम्मान गर्दा आफ्नो धर्मलाईपनि सम्मान मिल्ने कुरा यहाँका सर्वसाधारण राम्ररी बुझेको उनले सुनाए ।  

 करिब १ अर्बको डिपिआर तयार भएको यस प्रतिष्ठानमा विभिन्न क्षेत्रबाट सहयोग जारी छ  । यसका लागि सङ्घीय सरकारले उपलब्ध गराएको १२ करोडरुपैयाबाट बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण हुँदै छ । त्यस्तै प्रदेश सरकारको सहयोगबाट  मन्दिर, चैत्य, माङखीम  निर्माण भएका छन् ।  भारतीय राजदूतावासले उपलब्ध गराएको ५ करोडको लागतमा अध्यनकेन्द्र बन्दै छ ।

‘हाम्रो  अवधारणाको लागि यहाँका सवैसाधहरणबाट मात्र हैनन्, देश विदेशबाट पनि सहयोग आउन थालेको छ,’ कोइराला थप्छन्, ‘धार्मिक सहिष्णुताको यो नमुनाले सबैको मन छोएको छ ।’  

प्रतिष्ठानका निर्माणसँगै  सबै समुदाय खुसी छन् । यहाँ  बाहुन क्षेत्री सँगै राई, मगर समुदायको बाक्लो उपस्थिति छ । धार्मिक हिसाबले यो भेग  हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको बाहुल्यता रहेको सचिव कोइराला सुनाउँछन् ।  

तस्बिर : उपेन्द्र लामिछाने/नागरिक 

‘धर्म भनेको एक अर्कालाई निषेध गरेर जाने हैन मिलेर जाने हो भन्ने शिक्षा यो प्रतिष्ठानले दिएको छ,’  किरात धर्मका ज्ञाता निरन राईले भने, ‘यसले सिङ्गो समाजलाई खुसी दिएको छ ।’  

बौद्ध दर्शनका जानकार पुण्यप्रसाद पराजुली यो अध्यनकेन्द्र समग्र धर्मावलम्बीको साझा फूलबारीको रूपमा विकसित हुँदै जाने बताउँछन् ।  भेदभावरहित समाज निर्माणको लागि यो पहिलो खुट्किला हो,’ उनले भने, ‘यहीबाट सभ्य समाजको निर्माण हुने विश्वास लिएका छौ । ’  उनले  चैत्य निर्माण गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेको जानकारी दिए । ‘यसको उद्देश्य राम्रो भएकोले सबै समुदायले यसमा सहयोग गर्न जुटेका छन, ’ उनी भन्छन, ‘एउटै हलमा बौघ ध्यान, हिन्दु पुराण र किरात  मुन्धुम दर्शनको चर्चा हुने गर्छ ।’  

संस्कार र सस्कृतीनै जीवन हो भन्ने मूल नाराका साथ नेपालको माटोमा जन्मिएका मौलिक धर्महरूको संरक्षण र सम्बर्वदनको लागि यो केन्द्र स्थापना गरिएको अरुण गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री बताउँछन् । ‘यो केन्द्रको बीजारोपण भएसँगै यहाँ सद्भावको अंकुर निस्किएको छ,’ उनले भने, ‘अरुणनदिको किनारमा  फक्रिएको यो सहिष्णुताको फुलले एकदिन समग्र नेपाल मगमगाउने छ ।’

तस्बिर : उपेन्द्र लामिछाने/नागरिक 

प्रकाशित: २७ चैत्र २०८१ १५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App