७ वैशाख २०८१ शुक्रबार
समाज

मास्क लाउन आग्रह गर्दा प्रहरीमाथि हातपात

जिल्लाको शुद्धोदन गाउँपालिकाको लवनीमा प्रहरीमाथि भएको हातपातको घटना सेलाउन नपाउँदै कपिलवस्तुको कृष्णगनरमा फेरि प्रहरीमाथि हातपात भएको छ । बिहीबार साँझ प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो । स्थानीय दुई दर्जन युवाले प्रहरीमाथि दुव्र्यवहार र हातपात गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । घटनामा गाडीचालक प्रहरी हवल्दार दीपक श्रेष्ठ सामान्य घाइते भएका छन् । उनलाई बहादुरगंज अस्पतालमा उपचार गराई बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय पठाइएको थियो । प्रहरी निरीक्षक पौडेलले मास्क नलाएका युवालाई आग्रह गर्दा उनीहरूले दुव्र्यवहार गरेको बताए । ‘घटना सामान्य हो तर यस्ता घटनाले प्रहरीको मनोबलमा असर पार्छ,’ उनले भने । घटनापछि दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १३ भाद्र २०७७ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App