२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बढी शुल्क लिने प्रयोगशालालाई २४ घण्टे चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेभन्दा बढी शुल्क लिने विभिन्न आठ निजी प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको छ।

बोझ बन्दै पिसिआर परीक्षण

लकडाउन खुलेपछि राजधानी प्रवेश गर्ने अन्तरदेशीय र अन्तराष्ट्रिय दुवै व्यक्तिलाई घरबेटीको अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट चाहिन्छ।

कोरोना परीक्षण गराउन आउनेको अत्यासलाग्दो भीड

संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ।

पिसिआर परीक्षणका नाममा मनोमानी शुल्क

जिल्लाको पथरी–१ शिखर चोकस्थित एक कवाडी संकलन केन्द्रभित्रका ६ जना कामदारको पिसिआर स्वाब संकलन गरे वापत २६ हजार रुपैयाँ लिएपछि विवाद उत्पन्न भएको छ।

बैतडीमा ४ हजार जनाको पिसिआर परीक्षण

बैतडीमा ४ हजार २८ जनाको पिसिआर परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार हालसम्म ४ हजार २८ जनाको पिसिआर परीक्षण गरिएको हो। सबैभन्दा बढी पाटन नगरपालिकाका ७ सय १ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले जानकारी दिए।

ल्याबैपिच्छे फरक रिपोर्ट !

सुरुमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका मानिसले लगत्तै पुनः जाँच गराउँदा नेगेटिभ आएको घटना धेरै छन्। छोटो समयमै आउने यस्तो अन्तरले पिसिआर परीक्षणको विश्वासनीयतामाथि पनि प्रश्न उठेको छ।

रिपोर्टमा भाइरल लोड तथ्यांक कति आवश्यक

कोभिड–१९ संक्रमण पहिचानका लागि आरटी पिसिआर विधि उपयोग हुने गरेको छ। यो विधिले दिने नतिजा भनेको पोजेटिभ अथवा नेगेटिभमात्र हो, जसका आधारमा सम्बन्धित व्यक्ति संक्रमित भएको अथवा नभएको पत्ता लाग्छ।

उपत्यकामा २९७० जनामा कोरोना संक्रमण, २८५०० कन्ट्र्याक्ट ट्रेसिङ गरेर पिसिआर परीक्षण

उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने भएको छ । फोरमको सोमबार बसेको बैंठकले काठमाडौं उपत्यकामा आइतबारसम्म कोराना संक्रमित पुष्टि भएका २७ सय ४६ को सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको निषेधाज्ञाकै अवधिमा कन्ट्रयाक्ट ट्रेसिङ गरेर पिसिआर जाँच गर्ने जनाएको छ ।

‘सबै जिल्लामा पिसिआर परीक्षण र १० हजार भेन्टिलेटर व्यवस्था गर’

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले सबै जिल्लामा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन र तत्काल १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

जनकपुरमा दुई जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

जनकपुरधाममको दुई छुट्टाछुट्टै अस्पतालमा आइतबार बिहान दुईजनाको मृत्यु भएको छ। कोरिनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले पिसिआर परीक्षणका लागि दुवै जनाको स्वाब संकलन गरिएको छ।

पिसिआर परीक्षण बढाउन माग गर्दै कारागारमा आन्दोलन

कोरोना भाइरस परीक्षणका लागि पिसिआरको मात्रा बढाउनुपर्ने माग गर्दै नेपालगन्ज कारागारका कैदीबन्दीले आन्दोलन गरेका छन्।

पछिल्लो २४ घन्टामा ३१५ जनामा कोरोना, संक्रिमतकाे संख्या २० हजार नाघ्यो

पछिल्लो २४ घन्टामा सात हजार ७४ जनाको आरटि पिसिआर परीक्षण गरिएको छ । सो मध्य तीन सय १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

‘समुदायमा खतराको घण्टी’

प्रदेश सरकारलले पछिल्लो समय पिसिआर परीक्षण न्यून गरेर कोरोना नियन्त्रणमा सफलता हात पारेको देखाउन खोजेको छ। यसले गर्दा संक्रमण समुदायमा फैलिँदै गएको जनस्वास्थ्यविद् बताउँछन्।

१६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

विदेशबाट फर्किएका खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएको अवस्थामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर काठमाडौं पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

धरानमा क्वारेन्टिनमा बसेका ६७ जनाको रिपोर्ट नेगेटिभ, सबैलाई डिस्चार्ज गरियो

धरान उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टिनमा रहेका ७० जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ती मध्ये एक जना स्वास्थ्यकर्मी र २ जना सुरक्षाकर्मी हुन् । बाँकी ६७ जना क्वारेन्टिनमा रहेकाहरु हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्