६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा २९७० जनामा कोरोना संक्रमण, २८५०० कन्ट्र्याक्ट ट्रेसिङ गरेर पिसिआर परीक्षण

उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने भएको छ । फोरमको सोमबार बसेको बैंठकले काठमाडौं उपत्यकामा आइतबारसम्म कोराना संक्रमित पुष्टि भएका २७ सय ४६ को सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको निषेधाज्ञाकै अवधिमा कन्ट्रयाक्ट ट्रेसिङ गरेर पिसिआर जाँच गर्ने जनाएको छ ।  

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आइतबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २७ सय ४६ पुगेको जानकारी दिए ।  ‘आइतबारसम्म उपत्यकामा २७ सय ४६ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ,’ उनले भने, ‘संक्रमितसँग सोझो सम्पर्कमा रहेका करिब २८ हजार पाँच सय जनाको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने तयारी गरेका छौं ।’ स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा थप दुई सय २४ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म काठमाडौं उपत्यकामा कुल २९७० कोरोना संक्रमित भएका छन् ।  

काठमाडौं महानगरपालिका मेयर शाक्यले उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको बताए । ‘स्वास्थ्य मन्त्रालयको टीमसहित मंगलबारदेखि उपत्यकाको तिनवटै जिल्लाका १८ वटा स्थानीय तहमा कन्ट्र्याक्ट ट्रेसिङ र  टेस्टिङको काम अगाडी बढाउनेछौं,’ मेयर शाक्यले भने, ‘ढिलोमा भदौं १५ गतेसम्म साढे २८ हजारको कन्ट्र्याक्ट ट्रेसिङ गरेर कोरोनाको पिसिआर जाँच गर्नेछौं ।’ मेयर शाक्यले तालिका बनाएर नै कोरोना संक्रमितको परीक्षण गर्ने बताएका छन् । ‘पिसिआर औषधी होइन त्यसैलै रहरले परीक्षण गर्नेहरुहरुलाई होइन कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजिखोजी हामी परीक्षण गर्छौं ।’ मेयर शाक्यले भने ।  

उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले फोरमको बैंठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरू मध्ये अत्याश्यकबाहेकका सेवालाई भदौं १५ गतेसम्म स्थगन गर्ने निर्णय गरेको बताए । फोरमको बैंठकले  तिनवटै जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा आगामी भदौं १५ गतेसम्म बढाउन  आग्रह गरेको छ । ‘निषेधाज्ञाको अवधी भित्रै कन्ट्राक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी  जाँच अगाडी बढाउनेछौं,’ उनले भने ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई मंगलबारदेखि नै फोकल पर्सन तोक्ने जनाएको छ । यसले परीक्षण गर्न अझै सहज हुनेछ ।’ 

फोरमले काठमाडौं उपत्यकामा ६ हजाार क्षमताको आइसोलेसन तथा करेन्टाइन निर्माण गर्न संघीय सरकारलाई अनुरोध गरेको छ । ‘काठमाडौं उपत्यकामा एकीकृत आइसोलेसन र करेन्टाइन निर्माण गर्ने निर्णय भइसक्यो,’ उनले भने, ‘छ हजारलाई राख्न मिल्ने आइसोलेसन सेन्टर निर्माण गर्ने तयारीमा लागेका छौं ।’

प्रकाशित: ८ भाद्र २०७७ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App