१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपा गठन सन्दर्भमा अदालतको आदेश न्यायोचित: अध्यक्ष राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका छन्।

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राईले जनता समाजवादी पार्टी गठनको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका हुन्।

केही दिन अघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेका थिए।

राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले पनि दल दर्ताको प्रमाणपत्र दिएपछि जसपा नेपालका अध्यक्ष यादवले पार्टी गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले हाललाई जसपा गठनको सम्बन्धका काम, कारबाहीलाई यथावत् राख्न आदेश दिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सर्वोच्च अदालतको आदेश आफूहरुले अपेक्षा गरे अनुरूप नै आएको बताए।

उनले भने ‘न्यायालयले न्यायोचित निर्णय गरेको छ। जुन प्रकारको अल्पकालीन आदेश न्यायालय, न्यायमूर्तिबाट जारी भएको छ। त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ।’

प्रकाशित: ३ जेष्ठ २०८१ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App