८ वैशाख २०८१ शनिबार
समाज

१६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

विदेशबाट फर्किएका खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएको अवस्थामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर काठमाडौं पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

कोरोनाबाट संक्रमित ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिला उपचार पछि घर फर्किसकेकी छन् । विदेशबाट घर फर्कनेक्रममा दिक्तेलमा क्वारेन्टिनमा राखिएको अवस्थामा उनलाई संक्रमण भएको पूष्टि भएको थियो ।

प्रकाशित: १२ श्रावण २०७७ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App