१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

संक्रमणको दर घट्दै, समुदायमा त्रास बढ्दाे

प्रदेश ५ मा क्वारेन्टिनर तथा आइसोलेसनको भिड प्रत्येक दिन घट्दै गएको छ। भिड गर्दै अएपछि पिसिआर परीक्षण गर्ने प्रयोगशालामा नमुना (स्वाब)को चाँप पनि घट्दै गएको छ।

शुल्क तिरेर कोभिड–१९ परीक्षण गराउन पाइने

सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ।

काठमाडौं उपत्यकामा पाँच हजारको नमूना संकलन

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना संकलन गरेको छ।

पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ।

दिक्तेलमा १० बेडको ‘होल्डिङ’ सेन्टर

स्वदेश तथा विदेशबाट खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षण अवधिसम्मका लागि राख्न ‘होल्डिङ’ सेन्टर बनाइएको छ ।

दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी

खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माविमा १० बेडको ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको हो ।

घरबेटीको दबाबले घटेन पिसिआर माग गर्नेको भिड

सरकारले जारी गरेको सूचना नागरिकले राम्रोसित नसुन्नु वा नबुझ्नाका कारण आवश्यक नदेखिएका व्यक्तिसमेत पिसिआर परीक्षणका लागि आउने गरेको देखिएको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए ।

पिसिआर परीक्षणको दायरा व्यापक बनाऊ : कांग्रेस

नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पिसिआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको हो ।

प्रहरी जवानलाई कोरोना संक्रमण

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनले काजमा काम गरेको प्रहरीचौकीका प्रहरी र उनका परिवारको पिसिआर परीक्षणको तयारी गरिएको छ ।

क्वारेन्टिनलाई सुरक्षित र व्यवस्थित बनाऊ : सांसद

संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकाले व्यवस्थित र मर्यादित बसाइको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिए

कर्णालीमा बिहीबार मात्रै ७२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ४५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा २७ जना कोरोना संक्रमित भेटिएका हुन् ।

उदयपुरकी महिलामा कोरोना पुष्टि, घर पसल ‘सिल’

त्रियुगा नगरपालिका ११ गाईघाटकी एक महिलालाई काठमाडाैँमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै गाईघाटस्थित उनको घर र पसलमा सिल गरिएको छ ।

पिसिआर गरेर मात्रै घर पठाऊ: सर्वोच्च

सर्वोच्च अदालतले कोभिड–१९ का कारण एकान्तमा राखिएकालाई १४ दिनपछि कुनै परीक्षणबिना घर नपठाउन अन्तरिम आदेश जारी गरेको छ।

घरबेटीले पिसिआर परीक्षण गर्न दवाव दिन नपाइने

गृह मन्त्रालयले उपत्यकाका घरबेटीलाई डेरावाललाई अनिवार्य पिसिआर परीक्षण गर्न दवाव नदिनको लागि निर्देशन दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक पे्रस ब्रिफिङको क्रममा सो सूचना जानकारी गराइएको छ । उपत्यकाका घरबेटीहरूले डेरा वस्ने प्रत्येकलाई कोरोना भए/नभएको प्रमाणपत्र हेर्नको लागि पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।

भारतबाट आएका ४८ जनाको स्वाब पिसिआर परीक्षणमा पठाइए

भारतबाट आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको स्वाब पिसिआर परिक्षणका लागि पठाइएको छ। रोजगारकाक्रममा भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा लकडाउनकाबेला गाउँ आएर क्वारेन्टिनमा बसिरहेका ३९ जना स्थानीय, कोरोना संक्रमणको रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब संकलन गरेर पिसिआर परिक्षणमा पठाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्