२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पिसिआर परीक्षणको दायरा व्यापक बनाऊ : कांग्रेस

नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पिसिआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।  

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको हो ।  

क्वारेन्टिन मापदण्डअनुसार नरहेको, पिसिआर परीक्षणले व्यापकता पाउन नसकेको, कोरोनाबाहेक अन्य स्वास्थ्य समस्या भएका बिरामीले सुविधा पाउन नसकेको, खरिद प्रक्रिया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकमसमेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको उनले बताए ।

भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पिसिआर परीक्षण गर्ने गरी काम अघि बढाएको बताए । सहमहामन्त्री महतले स्वास्थ्यमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मन्त्रीज्यूले सकेसम्म पारदर्शी हुने प्रयास गर्दै छौँ भन्नुभएको छ ।  दैनिक १० हजार जनाको  परीक्षण गर्ने गरी तयारी भएको बताउनुभएको छ । आगामी अगष्ट ५, ६ सम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान मन्त्रालयले गरेको रहेछ । यस्तो अवस्थामा कसरी नियन्त्रणका लागि अगाडी बढ्ने भन्ने विषयमा तयारी भइरहेको बताउनुभयो ।’

महतको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, मोहनबहादुर बस्‍नेत, चन्द्र भण्डारी र गगनकुमार थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर कोरोनाको संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित: १६ असार २०७७ ०६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App