३ असार २०८१ सोमबार
image/svg+xml

तीन नयाँ संक्रमित थपिए, राप्तीसोनारीका ७१ जनाको रिपोर्ट नेगेटिभ

बाँकेमा आइतबार तीन जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षका र वडा नम्बर ७ का १५ र ३० वर्षका पुरुषमा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या दुई सय ७० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, प्रयोगशालाले नथेग्दा रोकियो नमुना संकलन

सुदूरपश्चिममा जेठमा मात्र भारतका विभिन्न ठाउँबाट ७० हजार नेपाली भित्रिएका छन् । उनीहरूलाई विभिन्न स्थानीय तहका क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा रहेका केही घर पनि गइसकेका छन् । करिब ६० हजारको संख्यामा अझै क्वारेन्टिनमै छन् ।

किट अभावमा परीक्षण रोकियो

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावमा थन्किएको छ ।

जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरीभराउ

जुम्लामा भारतबाट आउनेको संख्या अत्याधिक बढेको छ । यो संगै यहाँको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरिभराउ बनेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीका अनुसार कर्णाली प्राविधिक शिक्षालय र दुर्गा माबि लाम्रामा गरेर १ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्