१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

तीन नयाँ संक्रमित थपिए, राप्तीसोनारीका ७१ जनाको रिपोर्ट नेगेटिभ

बाँकेको राप्तीसोनारीस्थित सम्शेरगन्जमा संकलन गरिएको स्वाब । तस्बिर : नागरिक

बाँकेमा आइतबार तीन जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षका र वडा नम्बर ७ का १५ र ३० वर्षका पुरुषमा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या दुई सय ७० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।  

राप्तीसोनारीका ७१ जनाको रिपोर्ट नेगेटिभ

यसैबीच जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाट संकलन भएको ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्तीसोनारी ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतमा कोरोना पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक्ट टे«सिङबाट संकलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो । यही जेठ २० गते उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले राप्तीसोनारीका ७१ जनाको रिपोर्ट नेगेटिभ आएको बताए ।  

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पनि जेठ २० गते संकलन भएको स्वाबको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । कन्ट्रयाक्ट टे«सिङको रिपोर्ट नेगेटिभ आउँदा अवस्था सामान्यतर्फ उन्मुख भएको उनले बताए  । वडा नम्बर ८ का वडाअध्यक्ष बस्नेतले आफ्नो घर परिवार, आफन्तजन, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, कर्मचारी, संघ संस्थाका प्रतिनिधी, स्वास्थ्य तथा सुरक्षाकर्मी, वडाबासी लगायत सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।  

वडाअध्यक्ष बस्नेतसहित राप्तीसोनारीका ९ जनाको शनिबार पुनः कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । उक्त रिपोर्ट आउन भने बाँकी रहेको छ । रिपोर्ट पोजेटिभ आएपछि बस्नेत सम्शेरगन्जस्थित आइसोलेसनमा बस्दै आएका छन् ।  

वडाअध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईहरुले दिएको हौसलाले उच्च मनोबलका साथ यो संक्रमणलाई जितेर तपाईहरुकै सेवामा आउन आतुर छु, नआतिनुहोस्, सजगता अपनाउनुहोस, स्वयं म जोखिम मोलेर बिचल्लीम परेका जनताको सेवा गर्दा गर्दै संक्रमित भएपनि मैले अपनाएको सजगताकै कारण आज तपाईहरू कसैलाई पनि संक्रमण भएको छैन, सजगता अपनाउनु नै यसको उत्तम विकल्प हो ।’ सामाजिक तिरस्कार र हाउगुजी नबनाउन, बरु सावधानी अपनाउन उनले आग्रह गरेका छन् । अझै अग्रपंक्तिमै रहेर कोरोना भाइरसविरुद्ध मोर्चा सम्हाल्ने वडाअध्यक्ष बस्नेतले बताएका छन् । 

प्रकाशित: २५ जेष्ठ २०७७ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App