१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा

फाइल।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको जिकिर गरे।

सत्पात्रको खोजि गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको उनको भनाइ थियो। 

‘कांग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा कांग्रेस भित्रको फोहोर थोरै छ। कांग्रेस भित्रको सफाको अंश धेरै छ। तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ।’ उनले भने।

महामन्त्री थापाले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको उल्लेख गरे।

नेपाली कांग्रेसमा योगदान दिएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताउँदै उनले भने  ‘अरु राजनीतिक दलले आफ्नो ठाउँबाट प्रयास गर्नुहोला, हामीले आफ्नो ठाउँबाट प्रयास गर्नेछौँ। हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरुलाई खोजि खोजिकन ल्याउनुपर्छ।’ उनले भने।

महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरुलाई म किन प्रधानमन्त्री बनेको हुँ ? भन्नेकुराको जानकारी नै नरहेको बताए।

प्रकाशित: १० असार २०८१ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App