१६ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

पोखराको मदरल्याण्डका १० जनाको ४ जिपिए

यहाँस्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा ४ जिपिए ल्याएका छन्।  

बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए। ती मध्ये १० जना मदरल्याण्डका विद्यार्थी रहेको विद्यालयले बताएको छ। पोखरा महानगरपालिका–७ मासबारस्थित मदरल्याण्डको यो नतिजा नेपालमै उत्कृष्ट रहेको विद्यालयको दावी छ।  

४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अबिस वाग्ले, युनिका ढकाल र समीक्षा पहारी रहेको विद्यालयले बताएको छ।  

विद्यालयका प्राचार्य नारायण बरालका अनुसार मदरल्याण्ड माबिबाट उक्त परीक्षामा १४६ जना विद्यार्थी सहभागि थिए। ती मध्ये ४ जिपिए सहित १२८ जनाले (३.६० देखि ४.००) जिपिए, १८  जनाले (३.२० देखि ३.६० ) जिपिए सहित उत्तीर्ण हुन सफल भएको प्राचार्य बरालले जानकारी दिए। प्राचार्य बरालका अनुसार अहिलेसम्मको जानकारीमा मदरल्याण्डका सबैभन्दा बढी विद्यार्थीले यो वर्ष एसइइमा ४ जिपिए ल्याएका हुन ।  

‘विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ। अभिभावकको पनि यसमा भूमिका रहन्छ,’ उनले भने,‘यसपटक मदरल्याण्डले शैक्षिक क्षेत्रमा इतिहास बनाएको छ ।’  

पोहोर पनि मदरल्याण्डका दुइजना विद्यार्थीले ४ जिपिए ल्याएका थिए। यसअघि २०७५ को एसइइमा पनि मदरल्यान्डका ७ विद्यार्थीले ४ जीपीए ल्याउँदा देशभरमै धेरै विद्यार्थीले जीपीए ल्याएको विद्यालय बनेको थियो।

प्रकाशित: १३ असार २०८१ १७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App