२५ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा यू-१६ युथ लिग: आर्मीको पोष्टमा थ्रीस्टारको दश गोल

एन्फा यू-१६ युथ लिगको पछिल्लो खेलमा थ्रीस्टार क्लब विजयी भएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध १० गोलले पराजित गरेको हो।

नेपाल पुलिस क्लबसँग ७-० को फराकिलो हार भोगेको आर्मीले बुधबार पनि थ्रीस्टारसँग फराकिलो हार भोगेको हो।

पहिलो हाफमा ३ गोल गरेको थ्रीस्टारले दोस्रोमा सात गोल थपेको थियो। दोस्रो हाफको २० मिनेटसम्म सम्हालिए पनि पुरन श्रेष्ठले गोल गर्दै थ्रीस्टारका लागि गोलको शृंखलालाई निरन्तरता दिएका थिए। रोहन बोम्जन र सुजन श्रेष्ठले ह्याट्रिक पूरा गरेका थिए।

यसअघि खेलको दसौँ मिनेटमा भूपेन्द्र रावतले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए। २३औं मिनेटमा थ्रीस्टारका लागि दोन्जेन काजीले पेनान्टीमार्फत् गोल गरे। पहिलो हाफको अन्त्यतिर पुरन श्रेष्ठले गोल गर्दै पहिलो हाफमै थ्रीस्टारलाई ३-० को अग्रता दिलाएका थिए।

लिगमा दश खेलको समाप्ति हुँदा आर्मी अङ्कविहीन अवस्थामा छ। बुधबार नै भएको पहिलो खेलमा भने सशस्त्र प्रहरीको एपीएफ क्लबले सातदोबाटो क्लबलाई २-१ गोलले हराएको थियो।

प्रकाशित: २४ पुस २०८१ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App