सडकमा बटुवालाई गणित पढाउँदै विद्यार्थी
बाटोमा पढाई सम्भव छ, त्यो पनि गणित ? धेरैलाई लाग्न सक्छ, सम्भव हुँदैन। तर, तरिका मिलाउन सक्यो भने बाटोमै उभिएरै पनि गणित सिकाउन सकिन्छ, त्यो पनि बटुवालाई। पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन।