१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

इङ्ग्ल्यान्ड माथि फराकिलो रनले जित निकाल्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को फाइनलमा प्रवेश गरेको छ।

प्रोभिडेन्स स्टेडियम गयानामा भएको दोस्रो सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत  १० वर्षपछि विश्वकप उपाधिकाे नजिक पुगेकाे हाे।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै अलआउट भयो।

इङ्ग्ल्यान्डका लागि ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाए। जोन्नी बेयर्सटो ३ बलको सामना गर्दै शून्यमा आउट भए।

मोइन अलीले टिमका लागि मात्र ८ रन जोडे। स्याम करन २ रनमा पेभेलियन फर्किए। ह्यारी ब्रुकले १९ बलमा २५ रन जोडे।

क्रिस जोर्डन, लियम लिभिङस्टोन र आदील रशिद क्रमशः १, ११ र २ रनको योगदान दिदैँ पेभेलियन फर्किए। जोफ्रा आर्चरले १५ बलमा २१ रन बनाए।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३-३ विकेट लिए। जसपृत बुम्राहले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले ७ विकेटको क्षतिमा १७१ रनको योगफल खडा गरेको थियो।

भारतका ओपनर तथा कप्तान रोहित शर्माले अर्धसतकीय पारे खेले। उनले  ३९ बलमा ५७ रन जोडे। यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे। विराट कोहोलीले ९ बलमा ९ रन बनाएर आउट भए। यसक्रममा उनले एक छक्का प्रहार गरे।

यस्तै, सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे। हार्दिक पन्ड्याले १३ बलमा २३ रन बनाए।

रविन्द्र जडेजा ९ बलमा १७ रन बनाउँदै नटआउट रहे। अक्षर पटेलले टिमका लागि १० रन जोडे।

इङ्ग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए। रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १-१ विकेट लिए।

भारतले अब फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध आउँदो शनिबार उपाधिका लागि खेल्नेछ। दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।

प्रकाशित: १४ असार २०८१ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App